हेटौंडा ११ मा गठबन्धन लाई पराजित गर्दै एमाले बिजयी

Image

हेटौँडा ।

स्थानीय तह निर्वाचन अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर तथा उपमेयरमा गठवनधका उम्मेद्वारहरु विजयी भएका छन् । गठवन्धनबाट नेकपा एकिकृत समाजवादीकी मिना लामा मेयर तथा कांग्रेसका राजेश बानीयाँ उपमेयर चुनिदा वडा तहमा भने गठवन्धन विरुद्ध एमालेले सानदार जित हाँसिल गर्न सफल भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं ११ मा तिन दलको गठबन्धन का बिच एमाले भिडिरहेको थियो गठबन्धन लाई पराजित गर्दै नेकपा एमालेकी हेटौंडा उपमहानगरपालिका कै पहिलो महिला वडा अध्यक्षमा जुना दाहाल निर्वाचित भएकी छिन्। 

हेटौंडा उपमहानगरपालिकाको १९ वडा मध्ये १२ वटा वडामा गठवन्धन भएको थियो । एमाले विरुद्ध १२ वटा वडामा पाँच दलीय गठवन्धन एक ठाउँमा उभिदा समेत एमालेले ७ वटा वडामा जित हासिल गरेको छ। भने गठबन्धनले पाँच वटा वडामा जित हासिल गरेको छ।