हेटौंडा ।
आज हेटौंडा उपमहानगरपालिका वडा नं ११ मा रहेको सिमलटार टोल विकास संस्था द्वारा आयोजित साधारण सभा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामा , हेटौंडा उपमहानगरपालिका कै उप प्रमुख राजेश बानियाँ साथै यसै हेटौंडा उपमहानगरपालिका वडा नं ११ कि वडा अध्यक्ष जुना दहालको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ।
भेलामा हेटौंडा उपमहानगरपालिका कि प्रमुख लामाले यस ११ नम्वर वडा लगायत सिमलटार भित्र रहेका ऐलानी जग्गा नापजाँच गरिदै छ। हेटौंडा उपमहानगरपालिकामा १९वडा रहेको र सबैभन्दा पहिला यस ११ नम्वर वडामा रहेका भुमिहिन, दलित, सुकुम्बासी, अवस्थित,बसोबासिहरुलाई लालपूर्जा दिने प्रतिबद्धता व्यक्त गर्नुकासाथै यस वडामा भएका बिभिन्न किसिमका समस्या, शिक्षा, स्वास्थ्य, खानेपानी , लगायत अन्य समस्या हरु लाई सामाधान गर्न निरन्तर अगाडि बढने र यसकालागि यस ११नम्वर वडा बासिको पनि सहयोग चाहिने भन्दै यि सबै किसिमका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो।
साथै हेटौंडा उपमहानगरपालिका का उप प्रमुख राजेश बानियाँ ले यस सिमलटार भित्र रहेका बासिन्दाहरू लाई एक घर एक रूख भन्ने अभियान रहेको र यहाँका सबै समस्या समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ससैगरि वडा अध्यक्ष जुना दहालले पनि यस हेटौंडा ११ मा रहेका समस्या समाधान गर्न आफू तयार रहेको र यसको लागि वडा बाट गर्नु पर्ने काम साथै सहयोग निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

















