Khabar Board
Flash logo up side
flash header

काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण गर्दा ७ नियम लागू , उल्लंघन गरे ५० हजार जरिवाना

Nirbachan m

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माणका लागि ७ बुँदे निर्देशनात्मक नियम बनाइएको छ । पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा महानगरपालिकाले ७ बुँदे नियम लागू गरेको हो ।

सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि थुपार्न नपाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसम्म रातिको ८ बजेपछि मात्र गर्न र गराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

Center article

निर्माण स्थलमा घेरावर नलगाई वा सङ्केत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्ने सूचनामा उल्लेख छ । नियमको उल्लंघन गर्ने माथि ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने महानगरको चेतावनी छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.