हेटौंडा । हेटौंडा उपमहानगरपालिका भु-उपयोग तथा भुमि व्यवस्थापन शाखाका १० जना पुर्व कर्मचारीहरु फागुन महिनादेखिको तलब सेवा सुविधा नपाउदा समस्यामा परेका छन्।
भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अव्यवस्थित बसोबासीको काम गर्न झन्डै १ डेढ वर्षअघि काङ्ग्रेस-माओवादी नेतृत्वको सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोग वर्तमान एमाले-माओवादी सरकारले गत चैत महिनामा विघटन गरेको थियो।
विघटन भएको आयोगको काम पालिका मार्फत सम्पन्न गर्न हेटौंडा उपमहानगरपालिकाले पहिले नै सेवा करारमा नियुक्त गरेको प्राविधिकहरु सहित १० जना कर्मचारीहरुलाई गत वैशाख ४ गतेदेखि नयाँ आयोग गठन भएपछि पुन:बोलाउने शर्तमा अवकाश दिइएको थियो।
अवकाश पाएको १ महिना बितिसक्दा पनि आफुहरुले तलब लगायत सेवा सुविधाहरु नपाएको र आफुहरु सार्है समस्यामा परिरहेको एक कर्मचारीले बताए।















