Khabar Board

कमाने ८ नम्बर वडा बाल मैत्री वडा घोषण गरिदै

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ नगरमै पहिलोपटक बालमैत्री वडा घोषणा हुनेभएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दे आउँदो असार २९ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नकालागि आबस्यक ५१ वटा सुचकहरु पुरा गरिसकेको वडाकी सहजकर्ता रोजिता दंगालले जानकारी दिईन् ।

आर्थिक वर्ष २०८०/८१ मा यस वडामा ८ र अन्य स्थानबाट ४ गरि १२ जना बालश्रमिकहरुको उद्धार गरिएको ४ वेपत्ता बालबालिकाको उद्धार गरेकोछ भने ३ वटा बालबिवाह रद्ध गरिएको दंगालले बताईन् ।

कार्यक्रममा वडाका अध्यक्ष राम थापाले बालमैत्री वडा घोषणालाई दिगो रुपमा लैजान आफुहरु सधैं लागिपर्ने बताउदै वडाभित्र १९ वटा टोलविकास संस्था र २१ वटा बालसमूह रहेको उनले बताए ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.