सान्सद दिपक बहादुर सिंह ले आफ्नो तलब मा थपेर ९ लाख ९९ हजार ९ सय ९९ रुपैया हेटौंडाको सामुदायिक आँखा अस्पताल लाई सहयोग

Image

हेटौंडा। सघिय सान्सद दिपक बहादुर सिंह ले आफ्नो तलब मा थपेर ९ लाख ९९ हजार ९ सय ९९ रुपैया हेटौंडाको सामुदायिक आँखा अस्पताल (तिलगङ्गा)लाई बुझाएका छन् ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य , पुर्वाधार बिकास समितिका सभापति सिम्हले तिलगङगा आँखा आस्पतालका प्रबन्ध निर्देशक डाक्टर सन्दुक रुइतको हात मार्फत चेक अस्पताललाई हस्तान्तरण गरेका हुन् । पुर्व राज्यमन्त्री समेत रहिसकेका सिम्हले राज्यबाट आएको तलब जनताले तिरेको करबाट आएकोले आफुले त्यो रकम नखाने र आँखा अस्पताल लाई भुझाउने भनेर निर्वाचनको बेलामा जनता सङ्ग बाचा गरेको बताए ।

चेक भुझेर कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशिस्ट अतिथी डाक्टर सन्दुक रुइतले संघीय साम्सद सिम्हले पबित्र मनसायले दिएको रकम अति सिमान्तकृत समुदायको लागि लगानि प्रतिबद्धता जनाए । आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा पुर्व मेयर हरिबहादुर महत , अस्पताल प्रमुख डाक्टर सुनिल थकाली लगायतकाको आतिथ्यता रहेको थियो ।