पत्रकार समक्ष मउवा संघका अध्यक्ष उमेदवार राना भाट

Image

हेटौंडा / हेटौंडा मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले मंगलबार मकवानपुरका पत्रकारहरूसँग विशेष भेटघाट गरेका छन्। उक्त भेटघाटमा उनले व्यवसायीक क्षेत्रका चुनौती र अवसरका विषयमा सञ्चारकर्मीसँग छलफल गर्दै सुझाव लिएका थिए।
“व्यवसायीहरूको हक र हितका लागि सञ्चार क्षेत्रसँग बलियो सहकार्य आवश्यक रहेको छ। पत्रकारहरूले उठाएका मुद्दाहरूले व्यवसायीक वातावरण सुधार्न मार्गदर्शन गर्नेछ।” राना भाटले भने।

कार्यक्रममा पत्रकारहरूले व्यवसायीहरूको वर्तमान समस्या, बैंकहरूको चर्को ब्याजदर, कर प्रणालीका जटिलता, र व्यवसायीक विकासका सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
सञ्चारकर्मीहरूले व्यवसायीक क्षेत्रमा सुधारका लागि रानाभाटलाई ठोस योजना अघि सार्न सुझाव दिएका थिए।
रानाभाटले व्यवसायीक वातावरण सुधार गर्न र व्यवसायीहरूको समस्या समाधानका लागि आफ्नो कार्ययोजनाका बारेमा जानकारी गराउँदै “मकवानपुरका व्यवसायीहरूको हकहितका लागि मेरो नेतृत्वमा संघले बलियो भूमिका खेल्नेछ। पत्रकारहरूको समर्थन र सुझावले यस अभियानलाई अझ मजबुत बनाउने बिश्वास व्यक्त गरे।