हेटौंडा/ चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । घटना चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ मा रहेको कासिगाउँमा भएको हो। आक्रमणमा परेर दुईजना घाइते भएका छन्।
आक्रमणबाट ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । घर अगाडि आगो तापिरहेको अबस्थामा एक्कासी उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले आक्रमण गरेको चितवन प्रहरीले जनाएको भने अहिले उनीहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।















