हेटौंडा/ नेपाली काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले राष्टियता , लोकतन्त्र , समाजवाद जिन्दावाद मुल नाराका साथ आज ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सम्मान कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाअध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाको प्रमुख आथित्यतामा भएको हो।
सभाका प्रमुख अथिति महामन्त्री गगन थापाले“ २०८४ को चुनावमा पार्टीले घोषणापत्र नभई परिणामपत्र लिएर जनतामाझ जानुपर्ने उद्घोष गरेका छन्। उनले ओली नेतृत्वको सरकार आगामी चुनाव सम्म टिक्ने बताएका हुन्। मन्तव्य व्यक्त गर्ने क्रममा वि. पीको मेलमिलापको नीति काग्रेसमा खड्केको बताउनुभयो”।
यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले “ काग्रेस बलियो होस त्यो बाहेक मेरो कुनै स्वार्थ नरहेको र मलाई केन्द्रिय महासचिव भन्दै हिड्नेहरु लाई धन्यवाद दिन चाहान्छु मेरो तयारी केन्द्रिय महासचिको लागि होईन काग्रेसलाई बलियो बनाउन कुनै पद चाहिदैन।
मेलमिलाप तथा सम्मान कार्यक्रममा नेपालि काँग्रेस मकवानपुरका पार्टी जिल्ला सभापति बुद्ध लामाले “ पार्टीमा एकता र मेलमिलापमा अगाडि बढ्नुपर्नेमा एक दिनको सभा गरेर केहि अर्थ नहुने र पार्टी भित्रनै मेलमिलाप गर्नु पर्ने र मन र आत्मा देखिनै सधै मेलमिलापमा रहनुपर्ने कुरामा जोड दिनु भयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टी सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका नेताहरुलगायत करिब ३० जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब डेढ दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । प्रवेश गरेका युवालाई प्रमुख अतिथि मन्त्री थापा लगायतका नेताले टिका लगाएर स्वागत गर्नुभएको थियो।