हेटौंडा/ मकवानपुरको मनहरी ५ वसन्तपुरमा ७२ वर्षीया वृद्धा र ७ वटा बाख्रा मार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। १४ गते साँझ मनहरी ५ वसन्तपुरमा स्थानीय ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गर्दा ज्यान गुमाएकी थिइन् भने स्थानीय सूर्यबहादुर मोक्तानको खोरमा पसेर ७ बाख्रा मारेको थियो।
उक्त बाघलाई पर्सा बन्यजन्तु आरक्षणबाट खटीएको कर्मचारी, चितवन राष्ट्रिय निकुञ्जबाघ नियन्त्रण प्राबिधिक टोली, निकुञ्ज शुरक्षार्थ मनहरी- ३ लामिटार बेशबाट खटीएको नेपाली सेनाको टोली, ४ वटा हात्ती सहितको टोलीले मंगलबार साँझ ७ बजे मनहरी-५ बसन्तपुर स्थित सुकौरा खोलामा एम्बुस थापी बन्दुक बाट लट्याउने सुई लगाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।

















