हेटौंडा/ आज बुधबार बिहानै मनहरी गाउँपालिका-६ लोथर खोला नजिक रहेको लामेदमार सामुदायिक वनमा घाँस काट्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो ।
चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी ७० बर्षिया दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको स्थातीयहरुले देखेपछि हो-हल्ला गर्दा गैंडा जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।
महिलाको हात र शरीर लगायत निधारमा चोट लागेको छ भने उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
मनहरीमामै पुस १४ गते बाघको आक्रमणमा परि एकजना महिलाको ज्यान गएको थियो भने ७ वटा बाख्रा मारेको थियो।

















