नेकपा माओवादी केन्द्र भिमफेदीको तेस्रो अधिवेशन सम्पन्न

Image

हेटौंडा/ नेकपा माओवादी केन्द्र भिमफेदीको तेस्रो अधिवेशन बद्री बहादुर स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न भएको छ।

शनिबार सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथिति कुमारी मोक्तान र विशिष्ट अतिथि प्रकाश चन्द्र पान्डे साथै बिषेश अथिति ललित घलान, बिष्णु बिष्ट,लबेश्वर बिष्ट, अप्सरा लोप्चनको आतिथ्यतामा अधिबेशन सम्म्पन्न भएको हो ।

उक्त तेस्रो अधिबेशन बाट अध्यक्ष बद्री बहादुर स्याङ्तान , उपाध्यक्ष पृतिलाल लामा ( मान बहादुर), दिपक गोले, आत्माराम मुक्तान, चयन हुनुभएको छ भने सचिवमा अमृत बल, सहसचिव बुद्धि मान बैजु ,राजेस थिङ्ग,धावा थोकर चयन हुनुभएको छ। यस्तै कोशाध्यक्षमा सुमित्रा कार्कि लामा लगायत ४५ सदस्य चयन भएको अब्राहम तामाङले जानकारी दिनुभयो।