उद्योग संघ मकवानपुरको २३औं वार्षिक साधारणसभा सम्पन्न

Image

हेटौंडा/ हेटौंडा–८ कमाउनेमा उद्योग संघ मकवानपुरको २३औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा महेश बर्तौलाको प्रमुख आतिथ्यतामा रहेको थियो। साधारणसभामा संघका पदाधिकारी, सदस्य, उद्योगी–व्यवसायी र आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको क्रममा संघले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक प्रगति, आगामी योजना, र उद्योग क्षेत्रका समस्याबारे छलफल गरेको छ। प्रमुख अतिथि बर्तौलाले स्थानीय उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना, र उत्पादनशीलता वृद्धि गर्न आवश्यक पहलका विषयमा आफ्नो विचार व्यक्त गरेका थिए।
कार्यक्रमले मकवानपुर उद्योग क्षेत्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।