हेटौंडा / उद्यमशीलता र आत्मनिर्भरताको विकासलाई प्रोत्साहन गर्न हेटौंडा उपमहानगरपालिका-५ मा गार्मेन्ट फेब्रिकेटर प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) अन्तर्गत राष्ट्रिय सीप प्रशिक्षण समितिको पहलमा आयोजित गरिएको हो।
कार्यक्रममा पेशा तह-१ (गार्मेन्ट फेब्रिकेटर) परीक्षा उत्तीर्ण गरेका युवा, युवतीहरुलाई प्रमाण पत्र वितरण गरी उनीहरूको व्यवसायिक यात्राका लागि शुभकामना प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उप प्रमुख राजेश बानियाँ, वडा सदस्यहरू, र विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा युवा युवतीहरुलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर र उद्यमशील बन्ने अवसर प्रदान गरिने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्न र उद्यमशीलता प्रबर्द्धन गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो।

















