बकैया गाउँपालिकामाको छैठौँ संस्करण बकैया कप फुटबल प्रतियोगिता सुरु

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिकामा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ। बकैया रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गर्नु भयो।

उद्घाटन समारोहमा मन्त्री महर्जनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउदै आफू खेलकुद क्षेत्रसँग निकट भएकाले खेलाडीहरूको मर्म र भावना बुझेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी वर्ष खेलकुदका लागि बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री महर्जनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने योजना अघि सारेको र स्वयंसेवक प्रशिक्षक नियुक्ति प्रक्रिया पनि सुरु भएको जानकारी दिए।

प्रतियोगिता दुई समूहमा खेलाइनेछ– सिनियर टिम र जुनियर टिम। जुनियर टिमको विजेता आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने प्रणाली अपनाइएको छ।
प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने छ, जसमा नकआउट चरणका खेल खेलाइनेछन्।
• सिनियरतर्फ विजेता: १ लाख रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र।
• सिनियर उपविजेता: ५० हजार रुपैयाँ।
• जुनियर विजेता: ५० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र।
• जुनियर उपविजेता: २५ हजार रुपैयाँ।
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने तथा खेलकुदको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।