राक्सिराङ गाउँपालिका सुर्योदय माध्यमिक विद्यालयको छात्रावास शिलान्यास

Image

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सरिखेतमा रहेको सुर्योदय माध्यमिक विद्यालयको छात्रावास शिलान्यास गरिएको छ। यो पहल दुर्गम क्षेत्रमा शिक्षा पहुँचलाई सहज बनाउने उद्देश्यले सुरु भएको हो। प्रमुख सचेतक महेश कुमार बर्तौलाले बिहीबार भूमिपूजन गर्दै शिलान्यास गर्नु भयो।

शिलान्यास कार्यक्रममा सांसद बर्तौलाले विद्यालयसम्म लामो पैदल यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्दै ‘एक पालिका, एक आवासीय विद्यालय, अभियानलाई अघि बढाउँदै सार्वजनिक शिक्षाको सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता गर्नु भयो।
छात्रावास निर्माणका लागि शहरी विकास मन्त्रालयमार्फत बजेटको व्यवस्था गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना, चितवनले ठेक्का आह्वान गरी सद्गुण निर्माण सेवा, हेटौंडासँग ६४ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। परियोजनाको कुल बजेट करिब १ करोड रुपैयाँ छ, जसलाई आगामी २०८२ जेठ २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

“यो छात्रावास निर्माणले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सघाउनेछ। ‘एक पालिका, एक आवासीय विद्यालय’ अभियानलाई सफल बनाउन यो परियोजना महत्वपूर्ण कोसेढुंगा सावित हुने प्रमुख सचेतक बर्तौलाको बनाईरहेको थियो।
सहभागीहरूले छात्रावास निर्माणले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा पाउने अवसर सहज बनाउने विश्वास व्यक्त गरेका छन्।