राजनीतिक मतभेदलाई विकासमा नमिसाउन आग्रह: संसद महेश बर्तौला

Image

हेटौंडा / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको १७ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिमा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको संरक्षण र विकासका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री लामाले  चेपाङ जातिको समग्र विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्दै आवश्यक पहल गर्ने बताउनुभयो।

यस्तै मन्त्री लामाले राक्सिराङ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर क्षेत्र घोषणा गर्ने र यहाँका सडक र पक्की पुलहरूको निर्माणमा सरकारले सहजिकरण गर्ने उल्लेख गर्दै राजधानीसँग जोडिएको राक्सिराङ्गमा विकास अवरोध हुनु सरकारको लागि ध्यानाकर्षणको विषय भएको उनले बताउनुभयो।

मुख्यमन्त्री शालिकराम लामाले पनि गाँजाखेतीको वैधानिकताको विषयमा धारणा राख्दै राक्सिराङ्गको गाँजा उत्पादनलाई त्यहाँको बाध्यता रहेको भन्दै यसको वैधानिकता दिन पहल गर्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि मकवानपुर क्षेत्र नम्बर-२ का संघीय सांसद महेश कुमार बर्तौलाले राजनीतिक मतभेदलाई विकासमा नमिसाउन आग्रह गर्दै उनले संघीय, प्रदेश, र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको र राक्सिराङ्गका योजनाहरूलाई संघीय सरकारको बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सांसद बर्तौलाले मनहरीबाट खैराङ हुँदै मलेखु जोड्ने बाटो निर्माणमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै यसअघिको सरकारले यस विषयमा दिएको प्रतिबद्धता केवल कुरामा सीमित भएको आरोप लगाउँदै उनले ठोस कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो।