हेटौडा / हेटौंडा उपमहानगरपालिका-१, जरुवाटोलमा निर्माण भएको नकाैली शहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ।
उक्त भवनको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा उप प्रमुख राजेश बानियाँ, हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने, र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपस्थित विशिष्ट अथिति न्यौपानेले नवनिर्मित भवनले शहरी स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै यो भवन स्वास्थ्य क्षेत्रमा थप प्रगति गर्न प्रेरणादायक हुने धारणा व्यक्त गर्नुभयो।

















