हेटौंडा १६ मा कार दुर्घटना हुदाँ तिन जना घाईते

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका-१६ सिपालीचोकमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन्। फापरवारीबाट हेटौंडातर्फ गइरहेको बा ९च १३३८ नम्बरको कार तीव्र गतिका कारण प्रकाश गौतमको पक्की घरको सटरमा ठोक्किँदा सोही स्थानमा रहेका ३२ वर्षीय मालती गौतम, ३२ वर्षीय राधिका आचार्य, र ८ वर्षीय श्रयान आचार्य घाइते भएका हुन्।

घाइतेहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौंका विभिन्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनाको कारण कारको तीव्र गति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।