हेटौंडा / मकवानपुर जिल्ला अदालतले छोरी नाता पर्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै बकैयाका २८ वर्षीय युवकलाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले दोषीलाई २५ वर्ष कैद, ७ लाख रुपैयाँ जरिवाना, र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने आदेश गरेको हो।
दोषीले विगत दुई वर्षदेखि बालिकालाई पटक/पटक बलात्कार गर्दै आएको फैसलामा उल्लेख छ। घटनाबारे बालिकाकी आमाले २०८० कात्तिक १ गते प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले युवकलाई पक्राउ गरी हाडनाता जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेश गरेको थियो।
यो फैसला नेपाली न्यायिक प्रणालीले यौन हिंसाविरुद्ध कडा कदम चालिरहेको पुष्टि गर्दछ। यो निर्णयले पीडितको न्याय सुनिश्चित गर्दै यस्ता अपराधका दोषीलाई कानूनी कारवाहीबाट उम्कन नसक्ने सन्देश दिएको छ।

















