भूमि आयोग मकवानपुरको अध्यक्षमा बलराम बल नियुक्त

Image

हेटौंडा / हेटौँडा भूमि आयोग मकवानपुरको अध्यक्षमा बलराम बल नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हेटौँडा उपमहानगरपालिका–१ निवासी बललाई आयोगको अध्यक्ष पदमा चयन गरेको हो।

सोमबार मन्त्रीस्तरको निर्णयबाट ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्री रामनाथ अधिकारीले नवनियुक्त अध्यक्ष बललाई शपथ गराएका थिए। बल नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य हुन्।