बागमती प्रदेश प्रमुख देवकोटाले भूकम्पीय सचेतना वृद्धिका लागि शुभकामना दिदै सचेत हुन आग्रह

Image

हेटौंडा/ २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भूकम्पीय सचेतना वृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

वि.सं. १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा यो दिवस मनाइँदै आएको छ। यस वर्षको नाराचाहिँ “भूकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ” रहेको छ। प्रदेश प्रमुख देवकोटाले सुरक्षित संरचना, सावधानी, र पूर्वतयारीका उपायहरू अपनाएर भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभएको छ। साथै, इतिहासका विभिन्न कालखण्डमा भूकम्पमा परी ज्यान गुमाउने ज्ञात-अज्ञात व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।