हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोद सिंह रानाभाटले पदभार ग्रहण गरेका छन् । बुधबार देखि अध्यक्षको कुर्सी सम्हालेका रानाभाटले उद्योगी , ब्यवसायीहरुको ब्यवस्थापन गर्दै उद्योगी , ब्यवसायीहहुको हकहितका लागि काम गर्न आफू यश ठाउँमा निर्वाचित भएर आएको बताए ।
अफुले निर्वाचनमा के भयो भन्ने कुरालाई बिर्सेर पनपक्ष नगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । पुस २७ गते शनिबार भएको उद्योग वाणिज्य संघको निर्वाचनमा प्रत्यासी अनिल अग्रवाललाइ २४९ मतान्तरले पराजित गर्दै रानाभाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १०१४ मत ल्याउदा प्रत्यासी अग्रवाललाई ७६५ मत प्राप्त भएको थियोे ।

















