हेटौंडा/ हेटौँडा उपमहानगरपालिका-९ को आयोजनामा सम्पन्न वडा स्तरीय ८ ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल उत्साहजनक वातावरणमा सम्पन्न भयो। प्रतियोगितामा हेटौँडा-५ को टोलीले उत्कृष्ट प्रदर्शन गर्दै हेटौँडा-१७ लाई पराजित गरी उपाधि हासिल गरेको छ। विजेता टोलीले नगद रु. १,११,१११ प्राप्त गरेको छ भने उपविजेता टोलीले रु. ६५,५५५ पुरस्कार प्राप्त गरेको छ।
पुरस्कार वितरण समारोहमा नगर प्रमुख मीनाकुमारी लामाले विजेता र उपविजेता टोलीलाई सम्मान गर्दै समारोहमा उपप्रमुख राजेश बानियाँ, विभिन्न वडा वडाका वडा अध्यक्षहरू, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीय खेलकुदको प्रवर्द्धन र युवा सहभागितालाई थप प्रोत्साहन गरेको छ।

















