इच्छादेबी टोल बिकास संस्थाको नवौ बार्षिक साधारणसभामा जेष्ठ नागरिक सम्मानित

Image

हेटौंडा/ इच्छादेबि टोल बिकास संस्था हेटौंडा ७ को नवौ बार्षिक साधारणसभा सम्पन्न भएको छ। इच्छादेबि टोल बिकास संस्थाका अध्यक्ष युवराज गौतमकोअध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ७ नं वडाका अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहाल, ७ नं वडाका सचिब भैरब कुमाल,  नगर समन्वय समितीका सदस्य लक्ष्मी अधिकारी, वडा समन्वय समितीका सचिब रेखा मैनाली, हेटौंडा साकोसका अध्यक्ष इन्द्र बहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका कोषाध्यक्ष सिताराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाले अध्यक्ष गौतमले प्रस्तुत गरेको प्रगती प्रतिबेदन  र कोषाध्यक्ष दुर्गा महतले प्रस्तुत गरेको दश लाख दुई हजार चार सय एकासी रुपैयाको आर्थिक प्रतिबेदन सर्बसम्मत अनुमोदन गरेको छ । कार्यक्रमको अबसरमा टोलमा रहेका ५ जना जेष्ठ नागरिकलाइ सम्मान समेत गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
इच्छादेबि टोल बिकाश संस्थामा हाल ९५ घरधुरि सदस्य रहेका छ्न ।