नेकपा ए.स.को जिल्ला कमिटी बिस्तारि बैठक सम्पन्न

Image

हेटौंडा/ नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीको समाजवादी कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गर्न र आम नागरिकसम्म प्रचार प्रसार गर्न जोड दिनुभयो।

मकवानपुर जिल्ला कमिटीको विस्तारित बैठकमा उहाले महाधिवेशनबाट पारित समाजवादी कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्दै जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाले निष्ठा, त्याग र आदर्शको राजनीतिलाई पुनर्स्थापित गर्नुपर्नेमा जोड दिँदै अहिलेको राजनीतिमा स्वार्थप्रेरित प्रवृत्तिको आलोचना गर्नुभयो।

बैठकमा विभिन्न नेताहरूको सहभागिता रहेको थियो, जसमा पोलिटब्युरो सदस्य मुनु सिग्देल, केन्द्रीय सदस्य रामचन्द्र बल, मीना कुमारी लामा, यादव गजुरेल, बागमती प्रदेश कमिटि सदस्य गौतम बुद्घ लामा, शिवहरि बर्तौला लगायतको उपस्थिति रहेको थियो।

बैठकले विभिन्न नेताहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा मनोनयन गरेको छ। साथै, सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट कमिटी, र जिल्ला कमिटीको सचिवालय निर्माण गर्दै भूगोल तथा क्षेत्रगत कार्यविभाजनको जिम्मेवारी पनि प्रदान गरेको छ।

यस बैठकले पार्टीको सांगठनिक संरचनालाई बलियो बनाउँदै आगामी कार्यदिशालाई प्रभावकारी बनाउन मार्गप्रशस्त गरेको छ।