एकमहिना पछि खुल्यो काठमाडौं हेटौंडा छोटो दुरिको मार्ग

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

हेटौंडा / थानकोट-चित्लाङ सडक, जो विगत एक महिनादेखि स्तरोन्नतिको कामका लागि पूर्ण रूपमा बन्द थियो, आज बेलुकी ४ बजेपछि सवारीसाधनका लागि खुला गरिने भएको छ।

थाहा नगरपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार बलामीका अनुसार हाल मोटरसाइकललाई आवागमनको अनुमति दिइएको छ, र आज बेलुकी ४ बजेपछि अन्य सवारीसाधनलाई पनि बाटो प्रयोग गर्न अनुमति दिइनेछ। यद्यपि, भोलिदेखि पनि स्तरोन्नतिको काम जारी रहनेछ, तर सवारीसाधनको आवागमनलाई सहजीकरण गरिनेछ।

सडक डिभिजन कार्यालय, काठमाडौंले गत पौष ४ गतेदेखि सडक स्तरोन्नतिको लागि यो सडक पूर्ण रूपमा बन्द गर्दै निर्माण कार्य गरिरहेको थियो।