हेटौंडा/ हेटौंडा उपमहानगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार, हेटौंडा वडा नम्बर १ स्वर्गलोक क्षेत्रमा ३७ वर्षीय सीता ब्लोन मृत फेला परेकी हुन्।
सीता ब्लोन मनहरी गाउँपालिका वडा नम्बर ३ हाडिखोला निवासी थिइन्। उनी हेटौंडा बजार क्षेत्रमा कबाडी संकलनको काम गर्दै बेवारिसे जीवन बिताउँदै आएकी थिइन्।
घटना सोमबार दिउँसो १२ बजेतिर लीलामणि पौडेलको घर अगाडि भएको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

















