हेटौंडा- काठमाडौं छोटो दुरिको दुइवटा मार्ग सुचारु

Image

हेटौंडा/ मकवानपुर हेटौंडा र काठमाडौँलाई जोड्ने थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक मर्मत तथा स्तरोन्नतिपछि पुनः सवारी सञ्चालनमा आएको छ। आज बिहानैदेखि खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसअघि, यी सडकहरू गत पौष ७ र पौष २२ गतेबाट मर्मतका लागि बन्द गरिएको थियो।

यस्तै, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा भने हाल एकतर्फी सवारी साधन सञ्चालन भइरहेको छ।