१२ नम्बर वडाबासीलाई घरबार बिहीन हुन नदिने प्रतिबद्धता : अध्यक्ष तिवारी

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले आफ्नो वडाबासीलाई घरबार बिहीन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आर्थिक मन्दीका कारण बैंकको किस्ता तिर्न नसक्ने वडाबासीका घरजग्गा लिलामी गर्न खोज्ने बैंकलाई वडा कार्यालयबाट सिफारिस नदिने अध्यक्ष तिवारीले स्पष्ट पार्नु  भयो।

उनका अनुसार, लिलामीका लागि बैंकका प्रतिनिधिहरूले वडा कार्यालयमा सिफारिस लिन आए पनि उनीहरूलाई कुनै सिफारिस प्रदान गरिएको छैन। तर, घरजग्गा धनीहरू (ऋणीहरू) आफैं आएर सिफारिस मागेमा भने उपलब्ध गराइने उनले बताउनुभयो।

यदि बैंकले सिफारिस विना लिलामी प्रक्रिया अगाडि बढायो भने वडा कार्यालय कानुनी उपचारमा जाने उहाले बताउनुभयो। आर्थिक मन्दीको समयमा मेरो वडाबासीलाई घरबार बिहीन हुन दिन्न। “अध्यक्ष अर्जुन तिवारी ”

ऋण तिर्ने इच्छाशक्ति भएका व्यक्तिहरूलाई मौका दिनुपर्ने आवश्यकता औंल्याउँदै भन्नु भयो , “घरजग्गा धनी आफैं आएर सिफारिस माग गरे भने दिनेछौं, तर बैंकका प्रतिनिधिलाई सिफारिस दिँदैनौं।”
यो कदमले आर्थिक मन्दीको समयमा समस्यामा परेका स्थानीयवासीलाई राहत दिन सक्ने अपेक्षा गरिएको छ।