हेटौंडा १  बालमैत्री वडा घोषणा

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले आगामी फागुनसम्म नगरलाई बालमैत्री पालिका बनाउने लक्ष्य राख्दै बालमैत्री अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा उपमहानगरपालिका-१ नम्बर वडालाई  बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा  गरिएको छ।

हेटौंडा १ को नकौलीमा गरिएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। हेटौंडा १ नम्बर वडाका वडाध्यक्ष सबिन न्यौपानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा  नगरले   बालबालिकाकाको क्षेत्रमा खेल्नु पर्ने भुमिकामा कुनै कसर बाँकि नराख्ने कार्यक्रमकी प्रमुख अथिति तथा नगर प्रमुख मिना कुमारी लामाले प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ लगायत बिभिन्न वडाका वडाअध्यक्ष तथा जन प्रतिनिधी हरुको आतिथ्यता रहेको थियो ।