हेटौंडा/ हेटौंडामा २०८१ सालको तामाङ साँस्कृतिक महोत्सव माघ १७ टिसियन चौरमा आयोजना हुने भएको छ। यस महोत्सवको उद्देश्य “ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी” रहेको छ, र यो २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना गरिने छ।
महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरूको गायन, नृत्य, र्याली, झाँकी प्रदर्शन, मौलिक भेषभुषा र खानाका परिकारहरूको प्रदर्शनी हुनेछ। यसका साथै, सोनाम ल्होछारको शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम पनि गरिने जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिनुभयो।
साँस्कृतिक कार्यक्रममा युद्ध लामा, अभि लामा, अनिता गोले, विक्रम लुङ्वा, अनराज तामाङ, सुजना रुम्बा लगायतका कलाकारहरूको प्रस्तुति हुनेछ। यस महोत्सवको आयोजनाले तामाङ संग्रहालय भवन निर्माणको लागि सहयोग जुटाउने उद्देश्य रहेकाे घलानले बताउनुभयो।

















