दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन फागुन ९ र १० गते हेटौंडामा हुने

Image

हेटौंडा/ नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हेटौंडामा आगामी फाल्गुन ९ र १० गते हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो।
उत्सवको उद्देश्य
यस साहित्य उत्सवको मुख्य उद्देश्य प्रदेशको सांस्कृतिक पहिचानलाई उचाइमा पुर्‍याउने, नयाँ सर्जकहरू उत्पादन गर्ने तथा पठन र लेखन संस्कृतिको प्रवर्द्धन गर्ने रहेको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले बताउनुभयो।
कार्यक्रमका मुख्य विशेषताहरू
उत्सवमा २५ वर्ष मुनिका करिब ४ सय विद्यार्थी, शिक्षक र साहित्यकार सहभागी हुने
पहिलो दिन (फाल्गुन ९):
मुक्तक, गजल, लोक लय कविता, गद्य कविता, कथा, नाटक, निबन्ध (यात्रा संस्मरण) र चित्रकला लेखनसम्बन्धी ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला

दोस्रो दिन (फाल्गुन १०):
बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता र रचना वाचन कार्यक्रम
पुरस्कार र सम्मान
राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगिता उत्कृष्ट ३ जनालाई नगद ७,००० रुपैयाँ 
७ प्रदेशका ७ नवसर्जक प्रतिभा ७,७७७ रुपैयाँको सम्मान गरिने
एक अग्रज बालसाहित्य सर्जक वा अभियन्ता१५,५५५ रुपैयाँ नगद सम्मान गरिने 

सहयोगी संस्था र सहभागीहरू
उत्सवको मुख्य आर्थिक व्यवस्थापन हेटौंडा उपमहानगरपालिका, वडा नं. ४ कार्यालय र भुटनदेवी माध्यमिक विद्यालयले गर्ने अध्यक्ष सिग्देलले बताउनुभयो।  कार्यक्रममा  ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, संस्थापक दीपक गौतम,  सल्लाहकार रमेश मोहन अधिकारी, विष्णु न्यौपाने, अर्चना दहाल, उपाध्यक्ष कृतिका लडौरीलगायतको उपस्थिति रहेको थियो।
नवसर्जक साहित्य चौतारी नेपालले यसअघि २०७७ जेठ २८ मा पहिलो राष्ट्रिय बाल उत्सव आयोजना गरिसकेको छ।