हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले एच.पि.भी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान २०८१ शुभारम्भ गरेको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा सुरु गरिएको यो अभियान किशोरीहरूलाई सर्वाधिक असर गर्ने पाठेघरको क्यान्सरको रोकथामका लागि प्रभावकारी कदम हो।
प्रजा जागृति मा.वि. राक्सिराङ्ग चैनपुरमा आयोजना गरिएको कार्यक्रमले स्थानीय समुदायमा खोपको महत्त्वबारे जागरूकता फैलाउन मद्दत पुर्याउने र यस अभियानले लक्षित उमेर समूहका किशोरीहरूलाई आवश्यक खोप प्रदान गरी भविष्यमा हुनसक्ने गम्भीर स्वास्थ्य समस्याबाट जोगाउने लक्ष्य राखेको अध्यक्ष मल्लले बताउनुभयो।
कार्यक्रममा स्थानीय स्वास्थ्य संस्था, विद्यालय, र अभिभावकहरू लगायतको उपस्थिति रहेको सुचना अधिकारी रोमन पुडासैनीले जानकारी दिनुभयो।