हेटौंडा राप्ती डम्पिङ साइटमा फोहोर नफाल्न निर्देशन

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन प्रक्रियामा गम्भीर त्रुटिहरू देखाएको छ। स्थानीयको स्वास्थ्यमा नकारात्मक असर परेको, वातावरणीय प्रदूषण बढेको र प्रशासनिक बेवास्ता भएको गुनासोलाई अदालतले गम्भीरताका साथ लिएको छ।  योसँगै हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ। मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेसंगै फोहोर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

डम्पिङ साइटमा अनियन्त्रित रूपमा फोहोर फाल्ने र प्लास्टिकजन्य फोहोरमै आगो लगाउनेजस्ता गतिविधिले वातावरणीय संकट निम्त्याएको छ। अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल फोहोर नफाल्न निर्देशन दिएपछि अबको छलफलमा दीर्घकालीन समाधानका उपायहरूबारे बहस हुने सम्भावना छ।

अबको महत्वपूर्ण प्रश्न भनेको हेटौंडा उपमहानगरपालिकाले यस आदेशलाई कसरी लिन्छ र वैकल्पिक फोहोर व्यवस्थापन योजना कसरी अघि बढाउँछ? साथै, अदालतको अन्तिम आदेश के आउँछ भन्ने कुराले पनि भविष्यको दिशा निर्धारण गर्नेछ।