हेटौंडामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आ.व.२०८१ /८२ को वार्षिक कार्यक्रम सम्पन्न

Image

हेटौंडा / शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा  भएको कार्यक्रममा वार्षिक कार्ययोजनाअन्तर्गत आयोजना गरिएको महत्त्वपूर्ण छलफल  हेटौंडाको शिद्धार्थ माविमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरिएको थियो।

अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनु शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने राष्टि्य परिक्षा वोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद धिमिरेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो।

हेटौंडा उपमहानगरपालिका शिक्षा साखा प्रमुख हरिचन्द्र सापकोटाले २०८१/८२ को कार्ययोजनामा स्थानीय तहमा शिक्षा नीति कार्यान्वयनलाई प्राथमिकता दिइने र
यस प्रकारका छलफल तथा कार्यक्रमहरूले शिक्षा प्रणालीलाई सुधार गर्न तथा शिक्षालाई व्यवहारिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाको भनाई रहेको थियो।

कार्यक्रममा राष्टि्य परिक्षा वोर्ड कार्यालय हेटौँडाका प्रमुख कृष्ण प्रसाद धिमिरे, शिक्षा विकास तथा समन्वय समिति प्रमुख सुदिप गिरी, हेटौंडा उपमहानगरपालिका शिक्षा साखा प्रमुख हरिचन्द्र सापकोटा , शिद्धार्थ मावि हेटौंडाका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो।