हेटौंडा / मनहरी गाउँपालिका-६ मा भएको बारिष्टा र कम्प्युटर तालिमको समापन भए छ। नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा भएको यो तालिम १५/१५ दिनसम्म चलेको थियो, जसमा बारिष्टा तालिम मेघा इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका सुवास न्यौपानेले दिएका थिए भने कम्प्युटर तालिम गुडविल कम्प्युटरका प्रशिक्षक सुभाष लामा ‘सजल’ र देवेन्द्र दुलालले सहजीकरण गरेका थिए।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन काला खेतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूह बनाएर आउनेलाई पालिकाले आवश्यक तालिम र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कम्प्युटर तालिम आधुनिक युगको आवश्यकता भएको र बारिष्टा तालिमले स्वरोजगारका अवसर सिर्जना गर्ने कुरामा उहाले जोड दिनुभयो।
तालिममा ६० जना महिलाहरूले बारिष्टा तालिम लिएका थिए भने कम्प्युटर तालिममा २४ जना सहभागी भएका थिए। ६ नम्बर वडाध्यक्ष युवराज थपलियाले विशेष गरी महिलाहरूलाई स्वरोजगारमुखी बनाउन यस्ता तालिमहरू आवश्यक रहेको बताउनुभएको छ। सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पार्वती मोक्तानले सहभागीहरूलाई व्यवसायिक रूपमा अघि बढ्न प्रेरित गर्नु भयो।
तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक र सहयोगी संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। यस्ता किसीमको तालिमले मनहरी गाउँपालिकाले स्थानीय समुदायलाई सीपमूलक शिक्षामा जोड्न महत्वपूर्ण भूमिका खेलेकोमा सहभागी हरुले पालिका प्रति आभार प्रकट गरेका थिए।

















