हेटौंडा/ हेटौँडामा खानेपानीका मिटर चोरीको घटनामा वृद्धि भएको छ। डेढ महिनामा १०० भन्दा बढी मिटर चोरी भएको जानकारी आएको छ। मुख्यतः घरका कम्पाउण्डभित्र जडान गरिएका मिटरहरू चोरी हुँदैछन्। पुस महिनाबाट चोरीको घटना सुरु भएको हो र माघ महिनामा यो घटनाले थप तीव्रता पाएको छ।
एउटा मिटरभित्र करिब आधा केजी पितल हुन्छ उक्त पितल बिक्री गर्नका लागि खानेपानीको मिटर चोरिएको हुनसक्ने बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताउनुभयो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जिल्ला प्रहरी कार्यालयलाई घटना बारे जानकारी गराएको छ र प्रहरी सादा पोसाकमा चोरको पहिचानका लागि परिचालन गरिएको नायवउपरीक्षक एवं प्रवक्ता श्यामु अरियालले बताउनुभयो।
मिटर चोरीको घटना मुख्यगरी हेटौंडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडाका घरहरुबाट हुने गरेको पाईएको छ। तसर्थ हेटौंडा उपमहानगरपालिका भित्र रहेका खानेपानी वोर्डका उपभोक्ताहरुलाई सचेत रहन खानेपानी वोर्डका अध्यक्ष प्रताब बिष्टले आग्रह गर्नुभएको छ।