१४ अर्बको ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउदै बागमती प्रदेश सरकार

Image

हेटौंडा/ बागमती प्रदेश सरकारले किसानको हौसलालाई बढाउन ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउने तयारी गरेको छ ।
राष्ट्रिय किसान आयोगले आइतबार हेटौंडामा आयोजना गरेको बहस कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले किसानहरुको लागि आगामी आर्थिक वर्षको कार्यक्रममा १४ अर्बको ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । उत्पादनमा आधारित भएर कृषकलाई अनुदान दिने उहाँले बताउनुभयो ।
विशेष गरी  यस कार्यक्रमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आवश्यकता र प्राथमिकताको आधारमा कृषकहरुलाई ५० करोड भन्दा माथि ऋणमा ब्याज अनुदान दिन सकिने मन्त्री श्रेष्ठको विश्वास छ । मन्त्री श्रेष्ठले सम्भाव्यता अध्ययनको आधारमा चितवन, मकवानपुर, काभ्रे, काठमाडौँ, र सिन्धुलीमा स्मार्ट फार्म हाउसको योजना पनि आधुनिक कृषि प्रणालीको प्रवद्र्धनमा सहायक हुन सक्ने बताउनुभयो।
तर किसानहरूले अनुदान वास्तविक कृषकहरूले नपाएको गुनासो उठाउनु गम्भीर विषय हो। सरकारको नीति राम्रो भए पनि कार्यान्वयन प्रभावकारी नहुने हो भने किसानहरूले प्रत्यक्ष लाभ लिन नसकेको गुनासो कृषकहरुले गरेका थिए।

किसान परिचयपत्रको व्यवस्थापन छिटो गरिनु आवश्यक रहेको गुनासो  कृषकहरुको रहेकाे थियो साथै वास्तविक किसानहरूले अनुदान, ऋण, र अन्य सुविधाहरू सजिलै प्राप्त गर्न नसक्दा सास्ती भोग्नु परेको बाताएका छन्।
तपाईंलाई के लाग्छ—यो योजना प्रभावकारी रूपमा कार्यान्वयन होला?