बालमैत्री घोषणाको तयारी गर्दै हेटौंडा उपमहानगरपालिका

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा गर्न लागिएको छ। “बालबालिकामा लगानी सुनिश्चित, भविष्यको थालनी” भन्ने नाराका साथ २०८१ फागुन १ गते विशेष समारोहको आयोजना गरिने पत्रकार सम्मेलन मार्फत हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले बताउनुभयो।

हेटौंडा उपमहानगरपालिकाले २०७९ भाद्र ५ गतेदेखि बालमैत्री स्थानीय शासन अवधारणा अवलम्बन गर्दै विभिन्न सूचकहरू पूरा गरेको दाबी गरिएको छ। जस अन्तर्गत निकृष्ट बाल श्रम र बाल विवाह मुक्त क्षेत्र बनाउँदै, बालबालिकाको हक र अवसर सुनिश्चित गर्दै, शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता, संरक्षण जस्ता पक्षलाई प्रवर्द्धन गरिने उपमहानगरले जनाएको छ।
बालमैत्री शासन कार्यान्वयनका लागि ५ वटा चरण र २८ तहगत खुड्किलाहरु पार गर्दै ५१ वटा सुचकहरु पुरा गरी निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणाको तयारी गरेको नगर प्रमुख लामाले बताउनुभयो। यस्तै नगरभरि ३७५ वटा बालबालिकाका संरचनाहरू सक्रिय छन्, जसमा ९८५० बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको प्रमुख लामाले बताउनुभयो।

घोषणा कार्यक्रम फागुन १ गते बिहान १० बजे हेटौंडाको विभिन्न स्थानबाट प्रभातफेरीसहित सुरु भई हेटौंडा ५ स्थित क्याम्पा डाँडा रंगशालामा सम्पन्न हुने उहाले बताउनुभयो। नगरवासी तथा संघ संस्था हरुलाई यस महत्त्वपूर्ण कार्यमा उपस्थित भई सहयोग गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँ , कार्यालय प्रमुख सुर्य प्रसाद गौतम, वित्त व्यवस्थापन महाशाखाका प्रमुख भिम प्रसाद तिमिल्सिना सुचना अधिकारी भानु थपलिया,महिला बालबालिका तथा समाबेसीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, बिभिन्न वडाका वडाध्यक्ष हरु लगायत पत्रकार महासंघ तथा बिभिन्न संचार ग्रिहका संचार कर्मीहरुको सहभागिता रहेको थियो।