हेटौंडा/ मनहरी गाउँपालिकाले चेपाङ समुदायको नेतृत्व र क्षमता विकासका निम्ति आयोजित ३ दिने तालिमको समापन गरेको छ।

यो निकै सकारात्मक सोच हो। पिछडिएका समुदायलाई सशक्त पार्नु नै समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण आधार हो। ऐतिहासिक रूपमा अवसरबाट वञ्चित समुदायहरूलाई नेतृत्व, क्षमता विकास, शिक्षा, र रोजगारीका अवसरहरू प्रदान गरेर मात्र समग्र समाजलाई अघि बढाउन सकिने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।
यस्ता तालिमहरू निरन्तर गरिनुपर्छ, जसले उनीहरूको आत्मविश्वास बढाउने र उनीहरूलाई आफ्ना अधिकारका लागि आवाज उठाउन सक्षम बनाउने बिश्वास व्यक्त गर्दै स्थानीय, प्रदेश, र संघीय तहबाट समन्वय गरी दीर्घकालीन योजनाहरू लागू गरियो भने, पक्कै पनि चेपाङ समुदाय मात्र नभइ , सबै पिछडिएका वर्गको उत्थान सम्भव हुने पालिका अध्यक्ष कालाखेतीले बताउनुभयो।
पिछडिएका समुदाय भनेर नबस्नुहोस्, आफ्नो हक अधिकारका निम्ति अघि बढ्न र आफ्ना समस्या लिएर आउन आग्रह गर्दै जायज माग हरुको समाधान गर्न मनहरी गाउँपालिका तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

















