८ वर्षीय अनुराग अधिकारीलाई आफन्तको जिम्मा

Image

हेटौंडा/ मिति २०८१।११।०७ गते साँझ करिब ६:३० बजे जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–०४, सिमाचोकस्थित सडकमा वेवारिसे अवस्थामा फेला पारि आफन्तको जिम्मा लगाइएको छ।

जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ, चन्द्रागिरी नगरपालिका–२२ बसोबास गर्ने ८ वर्षीय अनुराग अधिकारीलाई आवश्यक अनुसन्धानपछि उनकी आमा, ३६ वर्षीया जानुका अधिकारीलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई जिम्मा लगाइएको प्रहरिले जनाएको छ।