हेटौंडा एडभेन्चर क्लबले पहिलो स्थापना दिवसको अबसरमा मामाघर नेपाल लाई सहयोग

Image

हेटौंडा/  हेटौंडा एडभेन्चर क्लबले आफ्नो पहिलो स्थापना दिवस एक विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ। हेटौंडा–११ स्थित मामाघर नेपालमा १९ बालबालिकाको सहभागिता रहेको सो कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रमको प्रमुख अतिथि भूमि आयोग मकवानपुरकी सदस्य दिलमाया घर्ती र क्लबका अध्यक्ष सुशील सुवेदीको उपस्थितिमा सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभोज कार्यक्रम आयोजना गरिएको थियो। क्लबका सल्लाहकार किरण लामिछाने, मामाघर नेपालका नवीन सिलवाल, प्रमुख अतिथि दिलमाया घर्ती र अध्यक्ष सुशील सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

स्थापना दिवसको अवसरमा, क्लबका सचिव मनोजकुमार गौतमले  मामाघर नेपाललाई ८,००० रुपैयाँ नगद सहयोग प्रदान गरेको जानकारी दिनुभयो
कार्यक्रममा क्लबका सहसचिव सीताराम तिमिल्सिना, अशोक चौलागाई, विक्रम लुइटेल, मनोज सुवेदी, गणेश सिलवाल, भुपेन चौलागाई, शिशिर बुढाथोकी लगायतका सदस्यहरूको सहभागिता रहेको थियो।

क्लबले आगामी दिनहरूमा पनि समाजिक र परोपकारी कार्यमा सक्रिय रहन प्रतिवद्ध रहेको क्लबका अध्यक्ष सुसील सुवेदीले बताउनुभयो।