मनहरीमा गैँडाको आक्रमणबाट एक जना घाइते

Image

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारी मरुङगे तालस्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्।

शनिबार दिउँसो घाँस काट्न गएका ३५ वर्षीय राम दिनेश कुशवारलाई गैँडाले आक्रमण गर्दा दाहिने खुट्टामा चोट लागेको सुनाचुरी  प्रहरी निरीक्षक शिवजी दासले  जानकारी दिनुभयो। उनका अनुसार घाइते कुशवारलाई उपचारका लागि भरतपुरस्थित चितवन सरकारी अस्पताल पठाइएको छ।

वन क्षेत्रमा गैँडाको आक्रमणका घटनाहरू दोहोरिन थालेपछि स्थानीयबासीले वन क्षेत्रमा सुरक्षितरूपमा प्रवेश गर्न उचित उपाय अपनाउन आग्रह गरेका छन्।