हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित डम्पिङ साइटमा सालनालसहित एक नवजात शिशुको शव फेला परेको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शिशुको शव एक-दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ। शव कसले र किन फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि अस्पताल पठाइएपछि थप विवरण आउने बताइएको छ। प्रहरी प्रशासनले दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही गर्ने जनाएको छ।
(थप विवरण आउन बाँकी)

















