हेटौंडा/ हेटौंडामा पहिलो पटक कानुन विषयको औपचारिक पठनपाठन सुरु भएको छ। सिद्धार्थ ल क्याम्पस, हेटौडाले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा कानुन विषयको अध्ययन-अध्यापन सञ्चालन गर्ने भएको हो।
आज शनिबार क्याम्पसमा प्रवेश परीक्षासमेत सम्पन्न भएको छ, जसमा २७ जना विद्यार्थी सहभागी भएका छन्। कानुन विषयका लागि ढिलो गरी सम्बन्धन प्राप्त भएकाले विद्यार्थी संख्या कम देखिए पनि आगामी दिनहरूमा यसको माग उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास गरिएको छ।
यस अवसरमा सांसद महेश कुमार बर्तौलाले क्याम्पसको टिमसँग आगामी यात्रा, पाठ्यक्रमको प्रभावकारिता, भौतिक तथा शैक्षिक पूर्वाधार लगायत विषयमा महत्वपूर्ण छलफलसमेत गर्नुभएको छ। कानुनी शिक्षाको प्रसारसहित समाजमा कानूनी चेतनाको विकास गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

















