मनहरीमा मोवाइल चार्ज लगाउदा करेन्ट लागेर युवकको मृत्यु

Image

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँ बस्तीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
घटनामा परि ३१ वर्षीय इन्द्रलाल मोक्तानको ज्यान गएको हो। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि तत्कालै उद्धार गरी अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यस किसिमका दुर्घटनाहरूबाट बच्नका लागि विद्युतीय उपकरणहरूको सुरक्षित प्रयोग र सावधानी अपनाउनु पर्ने विज्ञहरूले सुझाव दिएका छन्।