हेटौंडा / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता निराजन बम पक्राउ परेका छन्। उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।
शनिबार मकवानपुरको हेटौँडामा आयोजित एक कार्यक्रममा बमले प्रचण्डको तस्बिरमा आगो लगाउँदै कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नाराबाजी समेत गरिएको थियो।
यस घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ र बमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। राजनीतिक दलहरूबीचको तनावपूर्ण सम्बन्ध र यस प्रकारका गतिविधिहरूले राजनीतिक असहिष्णुतालाई झल्काउँछ भन्ने विश्लेषण हुन थालेको छ।

















