हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं ११ मा अनलाइन सेवा प्रणालीमार्फत नागरिकता अनुसुची-१ सिफारिस वितरण सुरु गरिएको छ। यो नयाँ प्रविधि अपनाउँदै, वडा कार्यालयले सेवाग्राहीहरूलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य राखेको हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहालले बताउनुभयो।
यस नयाँ प्रणाली अन्तर्गत, सेवाग्राहीले कार्यालयमा उपस्थित नहुँदा पनि अनलाइन प्रक्रियामार्फत आवश्यक कागजातहरू पेश गरी सिफारिस प्राप्त गर्न सकिने उहाले बताउनुभयो। यस प्रविधिको पहिलो सेवाग्राहीका रूपमा गंगा गोलेले सफलतापूर्वक आफ्नो नागरिकता अनुसुची-१ सिफारिस प्राप्त गरेकी छन्।
वडा कार्यालयले यो प्रणालीले सेवाग्राहीहरूको समय र श्रम बचत गर्ने विश्वास व्यक्त गरेको छ।
वडा कार्यालयले थप सेवा डिजिटल बनाउनका लागि पहल गर्ने अध्यक्ष दाहालले बताउनुभयो। अनलाइन प्रणालीप्रति सेवाग्राहीहरू पनि सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।

















