कैलाश गाउँपालिकामा “विपन्न संग अध्यक्ष कार्यक्रम” ७ जना लाभग्राहीहरूसँग सम्झौता

Image

हेटौंडा/ कैलाश गाउँपालिका चालू आर्थिक वर्ष २०८१/८२ का लागि कैलाश गाउँपालिकाले “विपन्न संग अध्यक्ष कार्यक्रम” अन्तर्गत ७ जना लाभग्राहीहरूसँग सम्झौता सम्पन्न गरेको छ। यस कार्यक्रम अन्तर्गत, गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि परेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउनका लागि सहायता प्रदान गर्ने उद्देश्य राखेको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो।

सम्झौतामा सहभागी भएका लाभग्राहीहरूलाई आधारभूत आवश्यकताहरू पूरा गर्न सहयोग, रोजगारीका अवसरहरू सिर्जना गर्न, तथा उनीहरूको जीवनस्तर सुधार गर्न आवश्यक पर्ने सहयोग प्रदान गरिने उहाले बताउनुभयो। यस कार्यक्रमले लक्षित व्यक्तिहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्य राखेको छ।

गाउँपालिकाका अध्यक्षले यस कार्यक्रममा सहभागीहरूसँग सम्झौता गर्दै भन्नुभयो, “हामीले यो कार्यक्रम विपन्न नागरिकहरूको जीवनस्तर उकास्न र उनीहरूलाई समाजमा समान अवसर दिलाउनका लागि सुरु गरेका हौं।” गाउँपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधनको व्यवस्थापन र अनुगमन गर्ने योजना बनाएको छ। गाउँपालिकामा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको अध्यक्ष मुक्तानले  बताउनुभएको छ।